Online Nepal बुधबार, जेष्ठ २ २०८१

पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण, ८७९ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण, ८७९ जना कोरोना मुक्त


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २९ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कुल संख्या ५५३२९ पुगेको छ।

    प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको भने संस्थागत आइसोलेसनमा ७२७५ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९५४६ छ ।

    प्रतिक्रिया
    थप समाचार