Online Nepal बुधबार, जेष्ठ २ २०८१

उपत्यकाभित्र ५१२ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४४० जना संक्रमित

उपत्यकाभित्र ५१२ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४४० जना संक्रमित


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २९ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार गरेको नियमित प्रेस ब्रिफिङमार्फत विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना गरी उल्लेखित संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ ।

    प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको भने संस्थागत आइसोलेसनमा ७२७५ जना रहेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार