Online Nepal बुधबार, जेष्ठ २ २०८१

देशभर कारोनाबाट १५ जनाको मृत्यु, अहिलेसम्म ३६० जनाले ज्यान गुमाए

देशभर कारोनाबाट १५ जनाको मृत्यु, अहिलेसम्म ३६० जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २९ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु जानकारी दिएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

    मन्त्रालयले १५ हजार ३९३ कोरोनाका सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ७२७५ र संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेको जनाएको छ । क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार पीसीआर परीक्षण गरिएको छ।

    प्रतिक्रिया
    थप समाचार