Online Nepal सोमबार, जेष्ठ ७ २०८१

बितेको २४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाए, मृत्यु हुनेको कुल संख्या ३७१ पुग्यो

बितेको २४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाए, मृत्यु हुनेको कुल संख्या ३७१ पुग्यो


मध्यान्तर संवाददाता
  • मंगलबार, भाद्र ३० २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । देशैभर बितेको २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार ४ महिला र ७ जना पुरुष गरी ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्रै एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ७१ पुगेको छ ।

    त्यस्तै आज थप १ हजार ६२ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी बितेको २४ घण्टामा देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ ।

    आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन् । यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार