Online Nepal सोमबार, जेष्ठ ७ २०८१

काङ्ग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना

काङ्ग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना


मध्यान्तर
  • बुधबार, भाद्र ३१ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् । केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार  ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको छ  ।

    नेता शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् । डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ  ।

    प्रतिक्रिया
    थप समाचार