Online Nepal सोमबार, जेष्ठ ७ २०८१

उपत्यकामा २४ घण्टाभित्र ७३७ जना कोरोना संक्रामत थपिए

उपत्यकामा २४ घण्टाभित्र ७३७ जना कोरोना संक्रामत थपिए


मध्यान्तर संवाददाता
  • बुधबार, भाद्र ३१ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा थप ७३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् । डा. गौतमका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार