Online Nepal सोमबार, जेष्ठ ७ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १२४३ जना

देशैभर पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १२४३ जना


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज १ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो ।

    आजको संक्रमित संख्यासँगै मुलुकमा हालसम्म कोरोनाबाट संक्रमण हुनेहरुको कूल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । यो तथ्यांक स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो ।

    यस्तै बितेको २४ घण्टामा कोरोनाबाट निको भएर १२४३ जना डिस्चार्ज भएका छन् । योसँगै मुलुकमा कोरोना निको भएकाहरुको कूल संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । कूल संक्रमितमानिएको हुने दर ७२ दशमलब ५ प्रतिशत हो ।

    यस्तै देशभरमा ३९ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् ।

    त्यस्तै कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो ।  योसँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार