Online Nepal सोमबार, जेष्ठ ७ २०८१

उपत्यकामा एकैदिन थपिए ६१८ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ५०७ जनामा संक्रमण

उपत्यकामा एकैदिन थपिए ६१८ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ५०७ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज १ २०७७

  • काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जनामाा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंका ५०७ , भक्तपुरका ५० र ललितपुरका ६१ जना गरेर उपत्यकामा मात्रै २४ घण्टामा ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    देशैभर पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । आजको संक्रमित संख्यासँगै मुलुकमा हालसम्म कोरोनाबाट संक्रमण हुनेहरुको कूल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

    त्यस्तै कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । आज मोरङमा ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको मृत्यु भएको हो । काठमाडौंमा ८७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार