Online Nepal सोमबार, बैशाख १७ २०८१

विदेशीको सहयोग र दानले नेपालको कृषिक्षेत्र बिग्रियोः कृषिमन्त्री भुषाल

विदेशीको सहयोग र दानले नेपालको कृषिक्षेत्र बिग्रियोः कृषिमन्त्री भुषाल


मध्यान्तर
  • आइतबार, असोज २५ २०७७

  • काठमाडौं । कृषि तथा पशुपक्षि विकासमन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्र विदेशीको सहयोग र दानले बिग्रिएको बताएका छन् । उनले देशको कृषि क्षेत्र आफ्नो सँस्कृति र परम्परा अनुसार नरहेको बताउँदै ६० वर्षको अवधिमा ३० वर्ष विदेशी सहयोग र दानमा चलेको बताएका हुन् ।

    कृषि दाताबाट निकृष्ट रहेको र त्यसले गर्दा आफ्नो इतिहास, परम्परामा आधारित कृषि बनाउन नसकिएको उनको भनाइ छ । कृषि विभाग र खाद्यका लागि कृषि अभियानले ४० औं विश्व खाद्य दिवस २०२० को अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले किसान किन उचित मूल्य पाउँदैन, कृषिमा आफूलाई किन सुरक्षित ठान्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

    किसानले पनि आफ्नो जीवन बाँच्न पाउनुपर्ने गरि नीति र ऐन कानुन बनाउनुपर्ने कुरामा जोड दिँदै मन्त्री भुसालले त्यसका लागि कृषि मन्त्रालयले कृषि ऐन तथा विभिन्न नीतिका साथै योजनाहरु बनाइरहेको जानकारी गराए । उनले कृषिलाई ६० वर्षसम्म निकै मेहनतका साथ विगारेको बताउँदै त्यसलाई सुधार गर्नका लागि सोही अनुसारको मेहनत भइरहेको बताए ।

    सोही कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर केसी दिगो कृषि प्रणाली नै खाद्य सुरक्षाको एकमात्र विकल्प रहेको बताए ।
    संविधानको धारा ३६ अनुसार सबैका लागि खाद्यमा पहुँच हुने जुन सुनिश्चित गरेको छ त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उनले यसमा सबै एकठाउँमा उभिएर प्रण गर्नुपर्ने सुझाव दिए ।

    ४० औं खाद्य दिवस विभिन्न कार्यक्रम गरी ३० गतेसम्म मनाइने छ ।

    प्रतिक्रिया
    थप समाचार