Online Nepal शनिबार, बैशाख २२ २०८१

विष्णु न्यौपानेको ‘फर्केर हेर्दा’ काव्य सार्वजनिक

विष्णु न्यौपानेको ‘फर्केर हेर्दा’ काव्य सार्वजनिक


मध्यान्तर
  • सोमबार, पुष १६ २०७५

  • काठमाडौं – बिष्णु न्यौपाने (उपाध्याय) द्वारा रचना गरिएको “फर्केर हेर्दा” यथार्थ र अनुभूतिको संयोजन गीती काव्य एक समारोहका वीच सार्वजनिक गरिएको छ । जमलस्थित एकहलमा आयोजित कार्यक्रममा काव्य बारे चर्चा गरिएको थियो । लेखकका अनुसार तात्कालिन माओवादी आन्दोलनका एक नेता आफ्ना श्रीमान् हरिकृष्ण उपाध्यायको २०४० सालमा मशाल हुँदै जनयुद्ध र यहाँसम्मको यात्रा संस्मरणको रूपमा पुस्तक केन्द्रित रहेको छ । उनले भनिन्, यो देशको परस्थितिले जन्माएको कथा हो ।
    २०६० साल चैत्र १ गते सेनाको कालकोठरीबाट जीवित फर्कँदा हरिकृष्णजी जिउँदो लास जस्तै भएको स्मरण गर्दै न्यौपानेले भनिन्, मेरा श्रीमानले देशका लागि एकयुग जिउनु भयो, उनको शरिर नचल्ने र कमजोर थियो, तर मन बलियो । कहिल्यै परिवर्तनको भावनामाथि खेलवाड गर्न खोज्नु भएन । मेरा मनमा लाग्थ्यो सबै परिवर्तनका पक्षधरहरू यस्तै निडर र शक्तिशाली हुन्छन् । न्यौपानेले भावुक हुँदै भनिन्,यही भावना समेटेर मैले “फर्केर हेर्दा” काव्य रचना गरेको हुँ ।

    कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले आजभोली श्रष्टा तथा सर्जकहरूले नकारात्मक भावना बढी पोख्ने गरेकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष गजुरेलले भने, श्रष्टाहरू जनयुद्धबाट मैले के पाएँ भन्छन्, खाली दुःख, पीडा र वेदनाका भावना मात्र पोख्छन् । यस पुस्तक भने क्रान्तिको भावनाबाट लेखिएको उनको टिप्पणी थियो ।

    क्रान्तिमा बलिदान र यातना हुन्छ भन्ने कुरालाई स्विकार गरेकोले पनि यो उत्कृष्ट रचना भएको र एक महिला लेखकका लागि शाहस भएको उनको भनाई थियो । उनले सहयोद्धाहरूबाट क्रुरता र गद्दारी भएकोमा चिन्ता लागेपनि आफुहरू निरन्तर क्रान्तिमा लागिरहेको पनि बताए । आजको संङ्घर्ष हिजोको झैँ नहुने भन्दै आफुहरू जनगणतन्त्रका लागि लड्ने योजनामा रहेको खुलासा गरे ।

    राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष नैनकला थापा, प्रगतिशील लेखक संघका उपाध्यक्ष विन्दु, पूर्व माओवादी लक्ष्मी श्रेष्ठ, मार्क्सवादी समालोचक प्रा।डा।जगदिशचन्द्र भण्डारीले सो अवसरमा मन्तव्य राखेका थिए । पाठकको रूची समावेश भएकोले यस पुस्तकमा व्यक्तिगत जीवन केन्द्रमा नभएको प्रा।डा। भण्डारीको ठम्याई छ । बिष्णु र हरिकृष्णको पात्रबाट सामाजिक जीवनलाई नियाल्ने प्रयत्न भएकोले पनि यो पुस्तक जनमनमा बस्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।

    सोकार्यक्रममा लेखकका श्रीमान् हरिकृष्णले विगतलाई फर्केर हेर्न आफुलाई खास रूची नभएको बताए । तर, आफ्नो जीवनसंगीनीले संस्मरणका रूपमा किताब निकाल्दा भने खुशी लागेको उनको भनाई थियो । उनले भने, कहिलेकाहीँ विगतबारे कुराकानी हुन्थ्यो तर किताब नै निकाल्ने बारे भने थाहा थिएन । यो किताब राजनैतिक, सामाजिक, परिवारिक दृष्टिकोणबाट अझपनि अधुरै छ । तर, लेखिकाको प्रयास भने सह्राननीय भएको उनको भनाई थियो । २०४६ साल पुस १५ गते पार्टीकै निर्णय अनुसार वैवाहिक जीवनमा बाँधिएको ३० औँ बर्षगाठको अवसरमा पुस्तक लोकार्पण गरिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार