Online Nepal सोमबार, जेष्ठ ७ २०८१

एकपक्षीय रुपमा डा. केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित

एकपक्षीय रुपमा डा. केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौं । सरकारले डा. गोविन्द केसीका मागहरु विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । बुधबार बसेको प्रतिनिधी सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुचर्चित चिकित्सा शिक्षा विधेयक ससंदीय शिक्षा तथा स्वास्थ्य विकास समितिबाट बहुमतले पारित गरेको हो ।

    बैठकले प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको विरोधका बीचमै एकपक्षीय रुपमा डा. केसीसँगको सम्झौताविपरीत विधेयक ल्याएको छ ।

    केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत पुर्याउँदै विधेयक पारित गरेका हुन् । यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फरक मत राखेको छ । समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरेका छन् ।

    उपत्यका बाहिर सम्बन्धन दिनसक्ने प्रावधानसहित चिकित्सा शिक्षा विधेयक पारित भएको हो । डा. केसीले उपसमितिको प्रतिवेदन आएलगत्तै सहमतिविपरीत विधेयक निर्माण भएको भन्दै अनसन बस्ने घोषणा गरिसकेका छन् ।

    प्रतिक्रिया
    थप समाचार