Online Nepal सोमबार, बैशाख १७ २०८१

नेपाल साफ च्याम्पियनसिपमा प्रतिद्वन्द्वी भारतसँग पराजित

नेपाल साफ च्याम्पियनसिपमा प्रतिद्वन्द्वी भारतसँग पराजित


मध्यान्तर
  • सोमबार, असोज २५ २०७८

  • काठमाडौं ।  नेपाल साफ च्याम्पियनसिपमा  प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको छ ।

    आइतबार भएको प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेको भारतको जितमा नेपाली मुलका सुनिल क्षेत्रीले ८३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । कप्तान सुनिलले फरुख चौधरीको हेडिङ पासमा ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्टलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाउन सकेनन्  ।

    यससँगै भारतलाई प्रतियोगिताबाट बाहिर पठाउने राम्रो अवसर नेपालले गुमाएको छ । दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेपनि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज रक्षात्मक रणनीति अपनाएका थिए । उनले पहिलो रोजाइमा पाँच रक्षक राखेका थिए ।

    अधिकांश समयमा आफ्नो बक्समा खेलेको नेपालले काउन्टर अट्याकमा गोल गर्ने केही अवसर पाएपनि आफैँबीच तालमेल मिलाउन नसक्दा विपक्षी पोस्टमा आक्रमण बुन्न सकेन ।

    भारतका कप्तान सुनिल क्षेत्रीले १९औँ मिनेटमा गोलको राम्रो अवसर खेल फालेका थिए । सुनिलको प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाइदिएका थिए । सुनिलले ३४औँ मिनेटमा पनि गोलको अवसर खेर फाले । दायाँ भागबाट सुरेश सिंहले गरेको क्रसलाई सुनिलले खाली पोस्टमा गोल गर्न चुके । ४३औँ मिनेटमा भारतका मानबिर सिंहले पनि गोलको अवसर गुमाए । सुनिलले हेडमार्फत दिएको पासलाई सिंहले ६ यार्ड बक्सभित्र राम्रोसँग नियन्त्रणमा लिन नसक्दा गोल गर्न चुके ।

    दोस्रो हाफको सुरुमै प्रशिक्षक नेपालका प्रशिक्षक अल्मुताइरीले मनिष डाँगीको स्थानमा अञ्जन विष्टलाई मैदान छिराए । अञ्जनले आफ्नो प्रभाव देखाएपनि गोल गर्न भने सकेन । नेपालले अब अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार