Online Nepal बुधबार, जेष्ठ २ २०८१

पुबुदु दसानायके दोस्रो पटक क्यानको प्रशिक्षक नियुक्त

पुबुदु दसानायके दोस्रो पटक क्यानको प्रशिक्षक नियुक्त


मध्यान्तर
  • शनिबार, मंसिर २५ २०७८

  • काठमाडौं । पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय  क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् । शनिबार बसेको क्यानको बोर्ड बैठकले पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेकको क्यानले जनाएको छ ।

    सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए। पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।

    सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो।

     

     

     

    प्रतिक्रिया
    थप समाचार