Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कमल थापाको मेरो प्यारो नेपाल गित बजारमा, सात भाषामा सुन्न पाईने

कमल थापाको मेरो प्यारो नेपाल गित बजारमा, सात भाषामा सुन्न पाईने


मध्यान्तर
  • आइतबार, फाल्गुन १२ २०७५

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाको ‘मेरो प्यारो नेपाल’ गितीसंग्रह बजारमा आएको छ । सात भाषामा सुन्न मिल्ने गरि बनाईएका गितहरु समेटिएको उक्त गितिसंग्रह शनिबार सार्वजनिक गरिएको हो।

    राजधानीको हिमालचुली कल्चरल सेन्टरमा शनिबार आयोजित कार्यक्रममा गीत संग्रहको विमोचन भएको हो। शीर्ष गीत ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सात भाषामा रेकर्डिङ भएको छ।

    संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ।

    कार्यक्रममा बोल्दै गीतकार कमल थापाले विभिन्न सातवटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा खुसी व्यक्त गरे। ‘यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके मलाई सन्तोष मिल्छ’, अध्यक्ष थापाले भने।

    उनले नेपाली गीत संगीतको समग्र विकासका लागि आफू सदैव चिन्तित रहेको उल्लेख बताए। राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम लोकार्पण भएको छ।

    सँगै ‘जहाँ छन् बुद्धका आँखा’ लगायत कैयन गीतका गीतकार डा. मनबहादुर थापा जितालीलाई सम्मान गरिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार