Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपाल दोस्रो खेलमा पनि पीएनजीसँग तीन विकेटले पराजित

नेपाल दोस्रो खेलमा पनि पीएनजीसँग तीन विकेटले पराजित


मध्यान्तर
  • शनिबार, चैत्र १२ २०७८

  • काठमाडौँ ।  अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजमा नेपाल पपुवान्युगिनी (पीएनजी)सँग दोस्रो खेलमा पनि पराजित भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल पीएनजीसँग तीन विकेटले पराजित भएको हो।

    टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए। १४० बलको सामना गरेका उनले ७ चौकाको मद्दतमा १०५ रन जोडेका थिए। यस्तै देव खनालले ७२, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रन जोडेका थिए।

    २७९ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको पीएनजीले ४८ ओभर ४ बलमा नेपालले दिएको लक्ष्य पूरा गर्‍यो। उसका लागि लेगा सियागाले ९०, रिले हेकुरेले ४८, सेसे बाउले ३८, चार्ल्स अमिनीले ३५ रन जोडे।

    बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए।

    यस्तै शुक्रबार भएको सिरिजको पहिलो खेलमा पनि नेपाल पीएनजीसँग पराजित भएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार