Online Nepal बुधबार, जेष्ठ २ २०८१

पीएनजीलाई ५१ रनले हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपाललाई

पीएनजीलाई ५१ रनले हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपाललाई


मध्यान्तर
  • सोमबार, चैत्र २१ २०७८

  • काठमाडौं   दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)लाई ५१ रनले हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । दीपेन्द्रले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले चार विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

    मलेसिया र पीएनजी सहभागी शृंखलामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भयो । मलेसिया र पीएनजीले एक एक खेले जिते । नेपालले घरेलु मैदानमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि नेदरल्यान्ड र मलेसिया सम्मिलित ट्वान्टी–१० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखला पनि नेपालले जितेको थियो ।  दीपेन्द्रले चार ओभरमा १८ रन दिएर चार विकेट लिएपछि पीएनजीका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् । तेस्रो ओभरमै ओपनर लेगा सिएकालाई गुमाएको पाहुना टोली पीएनजीले पाँचौँ ओभरमा कप्तान असद भालालाई गुमाएको थियो । दुबैले समान आठ रन बनाएका थिए ।

    प्रतिक्रिया
    थप समाचार