Online Nepal बुधबार, जेष्ठ २ २०८१

एन्फाको निर्वाचन असार ६ गते हुने

एन्फाको निर्वाचन असार ६ गते हुने


मध्यान्तर
  • बुधबार, चैत्र २३ २०७८

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन असार ६ गते हुने भएको छ । यसअघि  जेठ १५ गते हुने भनिएको थियो ।

    चैत १५ गते सम्पन्न एन्फाको २०औँ विशेष साधारणसभाले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्सीय निर्वाचन समिति गठन गरेको थियो । ललितपुरको हेरिटेज गार्डेनलमा सम्पन्न सभामा बहुमतले पारित गरेको निर्वाचन समितिमा अधिवक्ता रामचन्द्र गौतम सह–संयोजक, दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिती कार्की वैकल्पिक सदस्य थिए ।

    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघको अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरीमान राईलाई निरीक्षकका रूपमा नियुक्त गरेको थियो । त्यस्तै सानेपा क्लबका अध्यक्ष ध्रुवविक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दीपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङलाई निर्णय पुस्तिका प्रमाणित गर्ने समितिमा नियुक्त गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार