Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित


मध्यान्तर
  • मंगलबार, जेष्ठ १० २०७९

  • काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ। उनी नआउने भएपछि दबङ्ग टुरु पनि स्थगित भएको छ। आयोजकले सलमानले मागेजति रकम दिन नसक्ने भएपछि कार्यक्रम स्थगित भएको बताइएको छ।

    आयोजकले यही जेठ १४ गते भनिएको कार्यक्रममा सहभागी हुनेलाई ५ हजारदेखि २५ हजारसम्मको टिकट बेचिसकेका छन्।

    सलमानलाई नेपाल ल्याउन पर्यटन मन्त्री प्रेम आले आफैँ खटिएका थिए। उनले सलमानसँग भिडिओ संवाद गरेका थिए। यसअघि नेपाल आएका सलमानका भाइ सोहेललाई आलेले होटल सोल्टीमै पुगेर भेट पनि गरेका थिए।

    तर आयोजकले सलमान नआउनेबारे अहिलेसम्म केही जानकारी दिएको छैन ।

    यो कार्यक्रमम ओडीसी इन्टरटेनमेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको थियो।

    कार्यक्रममा सलमान र अरु बलिउड स्टार आउने बताइएको थियो। बलिउड स्टारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, गुरु रन्धावा, मनीष पल र आयुष शर्मा आउने भनेर आयोजकले पोस्टर पनि छापिसकेका थिए। सलमान आउने कार्यक्रममा सहभागिताका लागि ५, १०, १५ र २५ हजार दरका टिकट बेचिएको थियो।

     

     

    प्रतिक्रिया
    थप समाचार