Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

बिन्दुको “हाम्रो माया जिन्दाबाद” सर्वाधिक चर्चामा

बिन्दुको “हाम्रो माया जिन्दाबाद” सर्वाधिक चर्चामा

चलचित्र मङ्गलम को गीत पर्ख पर्ख मायालु बोलको गीतलाई करोडौ दर्शकहरुले मनपराएपछि विन्दुलाई नेपाली गीत संगीतमा पछाडी फर्कनु परेको छैन ।


मध्यान्तर
  • मंगलबार, चैत्र ५ २०७५

  • काठमाण्डौ – पछिल्लो समय यता चर्चित गायिका बिन्दु परियारले एक पछी अर्को हिट गीत दिदै आइरहेकी छिन । चलचित्र मङ्गलम को गीत पर्ख पर्ख मायालु बोलको गीतलाई करोडौ दर्शकहरुले मनपराएपछि विन्दुलाई नेपाली गीत संगीतमा पछाडी फर्कनु परेको छैन । सुपर हिट चलचित्र छक्का पन्जा ३ को गीत पहिलो नम्बरमा यो गीत पनि दर्शकले अत्याधिक रुचाइएको गीत हो ।

    एक पछी अर्को सफलता मिल्दै जादा अहिले भर्खरै सार्बजनिक गरिएको चर्चित नायक तथा युटुबर शिशिर भण्डारीको “हाम्रो माया जिन्दाबाद ” बोलको गीत पनि सार्बजनिक भएको केही समयमै चर्चाके शिखरमा पुग्न सफल भएको छ र टिक टक भाइरल जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र दिपा दमन्ताले अभिनय गरेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दावाद’ सार्बजनिक भएको छ । सार्बजनिक भएको २ दिन नहुदै अत्याधिक दर्शकले रुचाएका छन् । म नारा लाइ रहन्छु हाम्रो माया जिन्दाबाद अत्यन्त मिठो गीतका संगीत दीपक शिलवाल को रहेको छ भने यो गीत का गीतकार शिशिर भण्डारी आफैले लेखेका हुन् ।

    नवराज उप्रेती र टीम को छायांकनमा तयार गरिएको यस गीतका निर्देशक सुरेन्द्र बसेल ले गरेका हुन् । साहस शक्या को संगीत संयोजन मा रहेको उक्त गीत मा शिशिर भण्डारी र जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र उत्कृष्ठ मोडलिंग गरेका छन् ।गायिका बिन्दुलाई यस गीतमा शिशिर स्वयंले पनि स्वरमा साथ दिएका छन् ।

    https://www.youtube.com/watch?v=Mpor8nRB-D8

    प्रतिक्रिया
    थप समाचार