Online Nepal बुधबार, जेष्ठ २ २०८१

पारिश्रमिकको पैसा नदिएपछि जय शम्भुका निर्देशक प्रहरी खोरमा

पारिश्रमिकको पैसा नदिएपछि जय शम्भुका निर्देशक प्रहरी खोरमा


मध्यान्तर
  • सोमबार, चैत्र ११ २०७५

  • काठमाडौं । झण्डै ६ महिना अगाडी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र जय शम्भुका निर्देशक रुपेश तामाङ थिङ प्रहरी खोरमा पुगेका छन् । फिल्म निर्माणताका काममा लगाएर पारिश्रमिक बापतको पैसा नदिएपछि प्रोडक्सन म्यानेजर राजेन्द्र रावलले तामाङलाई प्रहरी खोरमा पुर्‍याएका हुन् ।

    पटक–पटक पारिश्रमिक बापतको रकम माग्दा पनि नदिएपछि रावलले फिल्म सेन्सर रोकी पाउँभनि नेपाल प्राविधिक संघमा निवेदन दिएका थिए । बल्लबल्ल निर्माण गरेको फिल्म प्रदर्शन हुनु अगाडी नै पारिश्रमिको लफडाले रोकिने भएपछि रावललाई थामथुम पार्न तामाङले भाखा राखेर दुई लाख १३ हजार रुपैंयाँको चेक दिएका थिए ।

    चेक दिएर पन्छिएका तमाङले फिल्म प्रदर्शन गरे । फिल्मले आशातित व्यापार गर्न सकेन । फिल्म प्रदर्शनपछि चौतर्फिरुपमा पारिश्रमिक तथा अन्य किसिमका पैसाको दवाव आउन थालेपछि तामाङ सम्पर्कविहिन भए । तामाङ सम्पर्कविहिन भएपनि रावल भाखा पुगेपछि चेक साट्न बैंक पुगे । तर खातामा पैसा थिएन । उनि त्यसै फर्किए । रावलले तामाङलाई सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेन ।

    पटकपटक चेक साट्न बैंक पुगे पनि चेकबाउन्स भएपछि रावल तमाङविरुद्ध बालाजु प्रहरीको शरणमा पुगे । बालाजु प्रहरीले रावलको उजुरीका अधारमा तामाङलाई पक्राउ गरि कानुनी रुपमा अहिले चेक बाउन्सको मुद्धा अगाडी बढाउने तयारी गरेको छ । पारिश्रमिक बापतको पैसा पनि नदिने, सम्पर्कमा पनि नआउने भएपछि कानुनी प्रक्रियामा जानु परेको रावलले बताए ।

    उनले भने– ‘म मात्र होइन थुप्रैलाई रुपेशले परिश्रमिक दिएका छैनन् । मैले प्रमाणको आधारमा कानुनी उपचार खोजेको हुँ । प्रमाण नहुने साथीहरु के गर्नु पैसा खायो भनेर वसिरहेका छन् ।’

    प्रतिक्रिया
    थप समाचार