Online Nepal मंगलबार, बैशाख २५ २०८१

मेयर बालेन शाहले वडा अध्यक्ष मुकुन्द रिजाललाई भेटे

मेयर बालेन शाहले वडा अध्यक्ष मुकुन्द रिजाललाई भेटे


मध्यान्तर
  • शनिबार, जेष्ठ २८ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरको काम–कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडाध्यक्षहरूसँग छलफल थालेका छन् । सोही क्रममा शनिबार उनले काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

    रिजालको बालाजुस्थित घरमै भेट्न पुगेका प्रमुख शाहले फोहोर व्यवस्थापन र महानगरका काम–कारबाहीका विषयमा सुझाव मागेका थिए । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

    कलाकार अर्जुन घिमिरे पाँडेसँगै रिजालको निवास पुगेका शाहले त्यहाँ झन्डै दुई घण्टा बिताएका थिए । ‘लन्च’सहितको सो ‘मिटिङ’मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे । मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

    रिजालले भने, “नगर प्रमुखज्यूसँग छलफल भएको हो, महानगरपालिकाकेन्द्रित छलफल भयो ।” भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार