Online Nepal शुक्रबार, बैशाख १४ २०८१

१७ हजार मेट्रिक टन डीएपी मल बितरण भइराखेको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

१७ हजार मेट्रिक टन डीएपी मल बितरण भइराखेको छ : साल्ट ट्रेडिङ कर्पोरेसन


मध्यान्तर
  • मंगलबार, जेष्ठ ३१ २०७९

  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो-बिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेसनले जनाएको छ ।

    कर्पोरेसनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डीएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ ।

    कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेश झाले भने, “५० केजीको बोरामा १७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डीएपी आफ्ना डिपो-बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ । बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।

    उनका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ । विभागीय प्रबन्धक झाले भने । रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेसनले लिएको छ । कर्पोरेसनले इन्डोनेसियाबाट युरिया मल झिकाएको हो । विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ ।

    सरकारले यसपटक कर्पोरेसनलाई कुल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कुल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ । कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब ११ अर्ब रुपैयाँभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार