Online Nepal बुधबार, जेष्ठ २ २०८१

कलाकारको निर्वाचन नजिकिंदै गर्दा ‘परिवर्तन नेपाल’को गोप्य भेला

कलाकारको निर्वाचन नजिकिंदै गर्दा ‘परिवर्तन नेपाल’को गोप्य भेला


मध्यान्तर
  • बुधबार, चैत्र १३ २०७५

  • काठमाडौं । चलचित्र कलाकार संघको यहि चैत्र २४ गते हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै ‘परिवर्तन नेपाल’ले गोप्य भेला आयोजना गरेको छ । वानेश्वरस्थित एक रेष्टुरेण्टमा कलाकार संघको निर्वाचनलाई कसरी परिणाममुखी बनाउन सकिन्छ भन्ने हेतुले परिवर्तन नेपालमा आवद्ध ५० जनाभन्दा बढी सदस्यहरु भेलामा सहभागि भएका थिए । कलाकार संघमा सदस्यता लिएका झण्डै सयजना भन्दा बढी आफ्ना सदस्यहरु रहेको परिवर्तन नेपालले जनाएको छ ।

    भेला गरिएकोबारे मध्यान्तरले विस्तृत रुपमा बुझ्न खोज्दा परिवर्तन नेपालका अध्यक्ष एवं बरिष्ठ कलाकार मोहन निरौलाले कलाकार संघको हुन गइरहेको निर्वाचनमा परिवर्तन नेपालले के–कस्तो किसिमको भुमिका र सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गर्न भेला आयोजना गरिएको जानकारी दिए । संघको नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा भेलाले कुनै टुङ्गो नलगाए पनि छिटै अर्को परिष्कृत भेला गरी कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिने निरौलाले बताए । उनले भेलाको विषयमा थप जानकारी लिन परिर्वतन नेपालका महासचिव बालकृष्ण निरौलासँग सम्पर्क गर्न आग्रह गरे ।

    यसै सन्दर्भमा परिर्वतन नेपालका महासचिव बालकृष्ण निरौलासँग सम्पर्क गर्दा कलाकारको निर्वाचनमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा आफ्ना सदस्य साथीहरुलाई कलाकार संघको सदस्यता नविकरण एवं निर्वाचनको लागि पूर्वतयारी गर्न भेला डाकिएको बताए । उनले भने– ‘भेलाले अहिले नै कसैको पनि पक्ष वा विपक्षमा जाने निणर्य गरेको छैन । तर निर्वाचनमा हाम्रो मत हारजितको लागि निर्णायक नै हुन्छ । सबै साथीहरुले नविकरण गरिसकेपछि कसलाई समर्थन गर्ने भन्नेमा सार्वजनिक रुपमै घोषणा गर्नेछौं ।’

    कलाकार संघको चुनाव नजिकिंदै गर्दा कलाकारहरु विभिन्न ध्रुवमा बाँडिएका छन् । यसैविच प्रत्यक्ष रुपमा लय संग्रौला र सरिता लामिछानेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संग्रौला र लामिछाने बाहेक अरुले पनि अध्यक्षमा उम्मेदवारी दिन सक्ने बुझिएको छ ।

    स्रोतका अनुसार संघका पूर्व अध्यक्ष नवल खड्कालाई पुनः अध्यक्षको उम्मेदवार बनाउन कलाकारको एक समुह सक्रिय छ । स्रोत भन्छ खड्काको उम्मेदवारीलाई सार्वजनिक नगरेपनि भित्रभित्रै दिनहुँ छलफल भइरहेको छ । यस्तो परिस्थितिमा उनिहरुमध्ये जसलाई परिवर्तन नेपालले समर्थन गर्छ उसैले निर्वाचित हुने अवसर पाउँछ भन्ने कलाकारहरु माझ चर्चा छ ।

    प्रतिक्रिया
    थप समाचार