Online Nepal शनिबार, बैशाख २२ २०८१

महिन्द्राको नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक

महिन्द्राको नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक


मध्यान्तर
  • मंगलबार, असार १४ २०७९

  • काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ । सोमबार महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो ।

    नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २०२२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको छ ।

    महन्द्रिाले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल-न्यू स्कर्पियो-एनलाई अनावरण गरेको हो । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफनो बहुप्रतिक्षित एसयूभी सार्वजनिक गर्दै कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको नयाँ गाडीलाई बजारमा स्थान दिएको हो ।

    नयाँ महिन्द्रा स्पकर्पियो-एनले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज दिन्छ । यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

    यो गाडी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो 8एमआईडीएस) मा डिजाइन गरिएको हो । संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको यो विश्वस्तरीय सुविधासहित आएको छ ।

    कम्पनीले यो गाडीलाई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ ।

    कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ । यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ । यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट बनोटको देखिन्छ ।

    गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ । सिग्नेचर डुआल ब्यारेल हेडल्याम्प छ । गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि छ ।

    पार्किङका लागि रियर क्यामेरा पनि छ । गाडीका झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट पनि छ । डायमन्ड कट एलोए ह्विल पनि छ । एलईडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ ।
    फोरह्विल सुविधासहितको यो गाडीको इन्जिन निकै शक्तिसाली छ । नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ यो वरदान हुने कम्पनीको दावी छ । क्लास लिडिङ, संरचनात्मक कठोरता, अफरोड क्षमता र उदाहरणीय अन(रोड व्यवहारको लागि यो गाडी चिनिे कम्पनीको विश्वास छ ।

    स्कर्पियो-एन गाडी ६ स्पीड म्यानुअलको अतिरिक्त अटोमेटिक संस्करणहरूमा पनि आएको छ । टेक्नोलोजीको सिफ्टको साथ ६-स्पीड अटोमेटिक टर्क कन्भर्टरको साथ पनि आएको कम्पाीले जनाएको छ ।

    स्कर्पिओ-एनमा २०० बीएचपी २.० लिटर पेट्रोल इन्जिन र १७५ बीएचपी २.२ लिटर डिजेल इन्जिन छ । जसले क्रमशः ३२० र ४०० एनएमको टर्क उत्सर्जन गर्छ । टीजीडीआई एमस्टलिअन (पेट्रोल) इन्जिनले १४९.१४ किलोवाट पावर ९२०३ पीएस० र ३८० एनएम टर्क उत्सर्जन गर्छ ।

     

    प्रतिक्रिया
    थप समाचार