Online Nepal मंगलबार, जेष्ठ १ २०८१

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाको आवेदन


मध्यान्तर
  • सोमबार, असार २० २०७९

  • काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन परेको छ ।

    आवेदन दिने अन्तिम दिन हिजो आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।

    शाखाका  अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल छन् ।

    आवेदन प्राप्त भएपछि गठित समितिले अब तोकिएको मापदण्डअनुसार आवेदन आएको छ कि छैन भनेर रुजु गर्ने जनाइएको छ ।

    आवेदन दिएसँगै दशै जना आवेदकले राजनीतिक दौडधुपलाई तीव्र बनाएका छन् । भुवन केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको बताइन्छ । अरुण प्रधानलाई आफ्नै निर्वाचन क्षेत्रका समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन रहेको जनाइएको छ । दीपक श्रेष्ठलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थन रहेको बताइन्छ भने रौनियारलाई प्रकाशमान सिंहको सहयोग रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार