Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

अल्कोहलीक लभ भन्दै आए सिताराम 

अल्कोहलीक लभ भन्दै आए सिताराम 

‘अल्कोहलीक लभ‘’मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन ।


मध्यान्तर
  • बुधबार, चैत्र २७ २०७५

  • काठमाडौं – नेपाली गीत सङ्गीतमा पृथक पहिचान बनाउँदै आएका वरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलीक लभ‘’ लिएर आएका छन् । हरेक गीतको म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक पनि आफ्नो गीतको भिडियोमा नविनतम दिएका छन ।

    चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका हुन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।

    ‘अल्कोहलीक लभ‘’मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन । राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवँरले लेखेकी हुन् ।

    सुव्रतराज आचार्यको निर्देशन रहेको छ गीतको भिडियोमा । गायक सिताराम पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । नविनपन भएकाले युवाहरुले गीत मनपराउनेमा आफू आशावादी रहेको गायक पोखरेलले बताए ।

    प्रतिक्रिया
    थप समाचार