Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बाबा ऐजुकेसन भन्छ : हामी प्रमाणित गर्न चुनौती दिन्छौ

बाबा ऐजुकेसन भन्छ : हामी प्रमाणित गर्न चुनौती दिन्छौ


मध्यान्तर
  • आइतबार, साउन ८ २०७९

  • लामो समयदेखी शैक्षिक क्षेत्रमा आबद्द बाबा ऐजुकेसन कन्सल्टेन्सी यतिबेला चर्चामा छ । अष्ट्रेलियाको सिड्नीमा गत साता यो कन्सल्टेन्सी प्रायोजक रहेको लेट्स स्टार डान्स विथ सुपर स्टार भारतीय कलाकार गोबिन्दा नाइट कार्यक्रम भब्यताका साथ सम्पन्न भएपछी बाबाको चर्चा चुलिएको हो ।
    तर केहीले बाबाको यो लोकप्रियता र साख हेर्न नसकेर आफ्नो सस्थाको बारेमा गलत हल्ला फैलाएकोमा भने बाबाले चित्त दुखाएको छ ।

    बाबा कन्सल्टेन्सीले प्रेस बिज्ञप्ति प्रकाशित गर्दै भनेको छ -‘ बाबा ऐजुकेसनको बारेमा आएको गलत खबरको हामी भर्त्सना गर्दछौं ।गलत पत्रकारितालाई प्रोत्साहन मिल्ने खालको समाचार प्रकाशित भएकोमा हाम्रो ध्यान आकृष्ट भएको छ । हाम्रो आफ्नै शान, मान र इज्जत भएको सस्थाको बारेमा गलत खबर प्रबाह गरेकोमा हामी घोर निन्दा गर्दछौ -‘ । बाबाले यस्ता मनगढन्ते, भ्रामक र गलत खबर बजारमा पुर्याउंने बिरूद्द आफ्नो सस्था सधै डटेर अगाडि बढ्ने कुरा बताएको छ ।

    बाबा ऐजुकेसनले प्रेस बिज्ञप्तिमा अगाडि भनेको छ -‘ हामी यो कार्यक्रमको प्रायोजक मात्र रहेको र अन्य बाटोमा बाबाको कुनै पनि संलग्नता र आबद्दता नभएको जानकारी गराउंछौ । हामीले यो कार्यक्रमको बहानामा असम्बन्धित ब्यक्तिलाई अष्ट्रेलिया प्रबेश गराएको जस्तो कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेर यसरी पत्रकारिताको अपमान गर्ने कार्य नगर्न सम्बन्धित व्यक्ति र संथालाई अनुरोध गर्दछौं । यसरी बिना जानकारी अरूको इज्जतमाथि असर पर्ने गरि गरिएको पत्रकारिताको ग़लत हो ‘ ।

    बाबाले आफ्नो सस्थाबाट लागेको अभिभावक भिसाको तस्बिर राखेर मन गढन्ते खबर प्रकाशित गर्नेलाई ज्ञानै नरहेको जानकारी दिंदै प्यारेनट्स भिसा ऐजुकेसन कन्सल्टेन्सीले लगाउन पाउंने कुरा बताइएको छ । बाबाले अगाडि भनेको छ -‘ यदि कसैले हामीले गैह्र कानुनी काम गरेको प्रमाण लेराउंन सक्छ भने हामी जिबनभर शिक्षा क्षेत्र छोड्ने छौ । यो हाम्रो ठाडो चुनौती हो -‘ ।           

    प्रतिक्रिया
    थप समाचार