Online Nepal शुक्रबार, बैशाख १४ २०८१

हारको दोष खेलाडीलाई नदिनुहोस् : प्रशिक्षक केसी

हारको दोष खेलाडीलाई नदिनुहोस् : प्रशिक्षक केसी


मध्यान्तर
  • सोमबार, साउन १६ २०७९

  • काठमाण्डौ । २० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले अनुभवको कमीले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् ।

    हिजोको खेलमा नेपाल भारतसँग पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै प्रशिक्षक केसीले भनेका छन् स् ‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद,’ ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौँ ।’

    आइतवार भुवनेश्वरको कालीङ्गा रङ्गशालामा भएको खेलमा नेपाल घरेलु टिम भारतसँग ८–० गोल अन्तरले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार