Online Nepal शुक्रबार, बैशाख १४ २०८१

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, साउन २२ २०७९

  • एजेन्सी ।

    अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा  गाेली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

    डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।

    प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् । आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।

    प्रतिक्रिया
    थप समाचार