Online Nepal शुक्रबार, बैशाख १४ २०८१

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी  विरूद्ध सर्वोच्चमा रिट

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी  विरूद्ध सर्वोच्चमा रिट


मध्यान्तर
  • बिहिबार, साउन २६ २०७९

  • काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसी  विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

    बोर्डको अध्यक्ष हुनका लागि उनको शैक्षिक योग्यता नपुग्ने भन्दै कलाकार नरेश पौडेल लगायतले रिट दिएका छन् ।  उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ।

    साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो।

    दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यस्तै शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग जिल्ला अदालतमा मुद्दा दिएका थिए।

    प्रतिक्रिया
    थप समाचार