Online Nepal शनिबार, बैशाख २२ २०८१

सिड्नीमा किंग्सफोर्डको ‘करिएर एक्स पो २०२२ आयोजना , बिध्यार्थीहरूका लागि उपयोगी

सिड्नीमा किंग्सफोर्डको ‘करिएर एक्स पो २०२२ आयोजना , बिध्यार्थीहरूका लागि उपयोगी


मध्यान्तर
  • मंगलबार, साउन ३१ २०७९

  • उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलियामा नेपाली बिध्यार्थीहरूको संख्या बढेसंगै यहाँ नेपालीहरूको लगानी र आबद्दतामा कलेजहरु खुल्ने क्रमले पनि पछिल्लो समय राम्रैसंग निरन्तरता पाइरहेको छ ।

    यसैक्रममा ४ बर्ष अगाडि सन्चालनमा आएको किंग्सफोर्ड इन्टरनेशनल इन्स्टिच्यूटले यो बिचमा हात पारेको सफलता र बिधार्थीहरूबाट पाएको साथ सांच्चै उल्लेखनीय रहंदै आएको छ । समय समयमा यो कलेजले त्यहां अध्ययनरत बिध्यार्थीहरूलाई उपयोगी हुने र उनीहरूको रोजगारीका लागि बिशेष महत्व राख्ने बिभिन्न कार्यक्रम , शैक्षिक मेला र एक्स पो जस्ता कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । अहिले यो कलेज सिड्नीमा तीनवटा र मेलबर्नमा एउटा गरेर जम्मा चारवटा सन्चालनमा आइरहेको छ ।

    सिड्नीमा किंग्सफोर्डले कलेजमा कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट पढीरहेका बिध्यार्थीहरूका लागि ‘करिएर एक्सपो २०२२’कार्यक्रमको आयोजना गर्यो -‘ कमर्शिएल कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट पढिरहेका बिध्यार्थीहरूका लागि ३६० घण्टा वर्क प्लेस्मेन्ट गर्नु पर्ने हुनाले यो कार्यक्रमको आयोजना गरेका हौं । यस्तो कार्यक्रमले बिध्यार्थीहरूको नेटवर्किंग बढ्ने र उनिहरूलाई रोजगारीको अबसर पनि मिल्ने बिश्वास हामीले लिएका छौ -‘ कलेजका सन्चालक द्दय भिम खरेल र राज खनालले जानकारी दिए ।

    कार्यक्रममा अष्ट्रेलिया लगायत अन्य मूलुकहरूमा पनि नेटवर्क रहेका होटलहरूका प्रतिनिधि र बिध्यार्थीहरूबीच कोभिड-१९ का कारण हस्पिटालिटी क्षेत्रमा परेको मार र अब आगामी दिनमा हस्पिटालिटी क्षेत्र कसरी अगाडि बढ्न सक्छ भन्ने बिषयमा गहिरो समिक्षा भएको थियो ।यो समिक्षामा सिड्नीका उत्कृष्ट होटल र रेष्टुरेण्ट चेनसंग आबद्द प्रतिनिधिहरूको सहभागिता थियो । जसमा नोभोटेल, मेरिभेल ग्रुप होटल, रकपुल वार एण्ड ग्रिल र फ्लेभ रेष्टुरेण्टका प्रतिनिधिहरूले बिध्यार्थीहरूलाई प्लेसमेन्टका साथै रोजगारी उपलब्ध गराउंन सकिने खालका अन्तरबार्ता पनि लिएका थिए । एक्सपोबाट आफूहरुले धेरै कुराको ज्ञान लिएको र सम्पर्क बढ्नाले पढेको बिषयमा रोजगारी पाउंन सहज हुने अनुभब बिध्यार्थीहरूले सुनाए ।

    किंग्सफोर्डले हाल आइटी ,एकाउन्टिंग,बिजनेश,लिडरशिप मेनेज्मेन्ट,कुकरी, हस्पिटालिटी मेनेज्मेन्ट, मेन्टल हेल्थ र कम्यूनिटी सर्भिस लगायतका बिषयमा पढाइरहेको छ ।  राजन घिमिरे ।

    प्रतिक्रिया
    थप समाचार