Online Nepal आइतबार, बैशाख ३० २०८१

कृष्ण जन्माष्टमीमा सुहानाको ‘भगवत् गीता’को घोषणा, नयाँ वर्षमा रिलिज हुने

कृष्ण जन्माष्टमीमा सुहानाको ‘भगवत् गीता’को घोषणा, नयाँ वर्षमा रिलिज हुने


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।

    सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।

    फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् । झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

    प्रतिक्रिया
    थप समाचार