Online Nepal सोमबार, जेष्ठ ७ २०८१

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा आर्मी शिर्ष स्थानमा

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा आर्मी शिर्ष स्थानमा


मध्यान्तर
  • बुधबार, बैशाख ११ २०७६

  • बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी १०७ स्वर्णका साथ पदक तालिकामा पहिलो स्थानमा छ । राष्ट्रिय खेलकुद परिषद्ले दिएको जानकारी अनुसार मंगलवार बेलुकासम्म एपीएफ ४८ स्वर्णका साथ दोस्रो र ४५ स्वर्ण जितेको पुलिस तेस्रोमा छ । प्रदेशहरु मध्ये देशको राजधानी रहेको प्रेदश नम्बर १९ स्वर्णका साथ अगाडि र समग्रमा चौथो स्थानमा छ । पहिलो पटक सहभागिता जनाइरहेको गैर आवसिय नेपाल संघ एनआरएनएले पनि ५ स्वर्ण जितेको छ ।

    प्रदेश नम्बर ५ मा आयोजना भइरहेको ‘आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५७६’ अन्तर्गत १४ दिनको खेल सकिँदा ३५ मध्ये ३१ खेलको प्रतिस्पर्धा सकिएको छ । २०७५ साल चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भने २०७६ साल बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्ज रंगशालमा गरेकी थिइन् ।

    समग्रमा आठौँको खेलहरु आयोजना भएको १४ दिन भइसकेको छ । अब बुधवार केही खेलहरुको अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ भने उपराष्ट्रपति नन्द बहादुर पुनले आठौँको समापन गर्नेछन् ।

    ५ हजार भन्दा बढी खेलाडीले ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको यस आठौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा विभागीय टोलीहरुले वर्चस्व राखेका छन् । त्यसमा पनि त्रिभुवन आर्मी १०० भन्दा बढी स्वर्ण जित्दै सबैभन्दा अगाडि छ । यो एपीएफ र पुलिसले जितेको स्वर्णको संख्या भन्दा पनि बढि हो । अब आर्मी पहिलो बन्ने पक्का छ भने एपीएफ र पुलिस दोस्रो बन्ने होडमा छन् ।

    मंगलवारसम्म आठौँमा समावेश ३५ मध्ये ३१ खेल सकिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार