Online Nepal सोमबार, बैशाख १७ २०८१

जालपा पुस्तकालय भवन उद्घाटन एवं नृत्य प्रतियोगितामा प्यारामाउण्ट एकेडेमी प्रथम

जालपा पुस्तकालय भवन उद्घाटन एवं नृत्य प्रतियोगितामा प्यारामाउण्ट एकेडेमी प्रथम


मध्यान्तर
  • शुक्रबार, बैशाख १३ २०७६

  • काठमाडौं । काठमाण्डौंको टोखा नगरपालीका ८ बानियाटार जालुपाचोक स्थीत जालपा पुस्तकालयले तेश्रो बार्षिकोत्सबको अवसरमा आफ्नै भवन उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले एक समारोहका बिच भवन उद्घाटन गरेका हुन् ।

    पुस्तकालयको उदघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पढने बानीको बिकास गर्नका लागि पुस्तकालयको महत्वपुर्ण भुमिका रहने उल्लेख गदै पुस्तकालयलाई आवश्यक पर्ने सहयोग गर्न नगरपालीका र प्रदेशलाई निर्देशन दिंदै पुस्तकालयको निरन्तरताको लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अतिथि प्रदेश सभाका सदस्य योगेन्द्र संग्रौलाले पुस्तकालयको बिकासका निम्ती आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यस्तै जालपा पुस्तकालयले भवन उद्घाटन र तेश्रो बार्षिकोत्सबको अवसर पारेर आयोजना गरेको टोखा नगरपालीका स्तरीय नृत्य प्रतियोगितामा टोखा नगरपालीका– ८ जालपाचोक स्थीत पारामाउण्ट एकेडेमीले प्रथम उपाधि हात पारेको छ । नगरपालीका भित्रका प्रतियोगितामा सहभागि ९ वटा स्कुलमध्ये प्यारामाउण्ट प्रथम भएको हो । प्रतियोगितामा प्यारामाउण्टका विद्यार्थीहरु कबिता भण्डारी, नलिना घर्तिमगर, निहारीका थापा, प्रतिमा गौतम, उजना खत्री, सबिता कंडेल, आटीटेपा, सृजना रिजालले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै नृत्य प्रतियोगितामा ग्रिनल्याण्ड स्कुल द्धितिय र क्युफिट स्कुलले तृतिय स्थान हासिल गरे ।

    जालपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसी बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगरपालीकाका मेयर प्रकाश अधिकारी, काठमाण्डौ प्याव्सनका जिल्ला सदस्य तथा पारामाउण्ट एकेडेमी मावि फाउण्डर प्रिन्सीपल मुकुन्द प्रसाद पाण्डे लगायतको उपस्थीति रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार