Online Nepal सोमबार, जेष्ठ ७ २०८१

६ दिने खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगीता आजबाट सुरु

६ दिने खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगीता आजबाट सुरु


मध्यान्तर
  • शुक्रबार, बैशाख १३ २०७६

  • काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगीता आजबाट सुरु भएको छ । एक भब्य कार्यक्रमका बिच अस्कल क्याम्पस प्राङ्गनमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेर प्रतियोगिताको पहिलो खेल सुरु गरिएको हो ।

    खेल उद्घाटन कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ, महासचिव वचन देउजा, सचिवद्वय ओम प्रसाईं, सीता लामा, अनेरास्ववियुको केन्द्रीय महासचिव ऐन महर लगायत अन्य नेताहरुको सहभागीता थियो । कार्यक्रमको अध्यक्षता नारायण घर्तीले गरेका थिए भने सन्चालन खेल आयोजक समितिका सचिव संजय दुवाडी गरेका थिए ।

    उद्घाटन खेलमा पोखरा बिश्वविद्यालय र अमृत साइन्स क्याम्पस बिच रोमान्चक खेल भएको थियोे । दोस्रो खेलमा हिमालयन ह्वाइटहाउस कलेज र जेभियर्स इन्टरनेशनल कलेज बिच भएको थियोे भने उक्त खेलमा जेभियर्स इन्टरनेशनल कलेज बिजयी भएको थियो । तेस्रो खेल टाइम्स इन्टरनेशनल कलेज र त्रिचन्द्र कलेज बिच भएको थियोे उक्त खेलमा टाइम्स इन्टरनेशनल कलेज बिजयी भएको छ ।

    लगातार ६ दिनसम्म हुने प्रतियोगितामा पहिलो चरणको लिग र दोस्रो चरण खेल नकाउट हुनेछ, खेल १९ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार