Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

नारायण पौडेल र सुमन महतको पहिलो कोसेली साह्रै नै रमाइलो (भिडियोसहित)

नारायण पौडेल र सुमन महतको पहिलो कोसेली साह्रै नै रमाइलो (भिडियोसहित)


Arbindra Gautam
  • बिहिबार, भाद्र ७ २०७५

  • अरबिन्द्र गौतम / काभ्रे – एस बि एस एस म्युजिक प्रालिको प्रस्तुतीमा नारायण पौडेल र सुमन महतको पहिलो कोसेली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा साह्रै नै रमाइलो बोलको गित सोमवार बाट सार्बजनिक गरिएको छ।

    नारायण पौडेलको शब्द र सबिता ढुंगानाको स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर नारायण पौडेल र सबिता ढुंगानाको रहेकोे छ भने शब्द नारायण पौडेल ,ऐरेन्ज बिष्णु तामाङ , सम्पादक असोक रजित, छायांकन सुमन वाग्ले ,श्रृङ्गार मन्जु मान्धर,साथै भिडियो निर्देशन भने अमर कृष्ण चन्दले गरेका छन्  । अभिनयमा सुमन महत , चन्चली लामा, बिक्रम गौतम र बर्षा मोक्तानको रहेको छ।

    नारायण पौडेल र सबिता ढुंगानाले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा साह्रै नै रमाइलो बोलको गित सोमबार म्युजिक नेपाल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो। तपाईंले गाउनु भएको तिज गित कस्तो छ ? के यो गितले पनि चर्चा कमाउला त ? तपाई के भन्नु हुन्छ भनेर गायिका सबिता ढुंगानालाई प्रस्न गर्दा यस्तो भन्नु हुन्छ  ? म एउटा कलाकार हु । मैले धेरै राम्रो गीत गायको छु चर्चा मा आउने न आउने दर्शक माझ सुम्पेको छु।सायद मन पराइ दिनु हुन्छ होला ।

    https://www.youtube.com/watch?v=X5VjE28QZVA&feature=youtu.be

    प्रतिक्रिया
    थप समाचार