Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सिड्नी तताउंदै १९७४ एडी

सिड्नी तताउंदै १९७४ एडी


मध्यान्तर
  • शुक्रबार, भाद्र १० २०७९

  • प्रबासमा नेपाली गीत- संगीतलाई बिस्तार गर्न र नेपाली गीत संगीतको उचाईलाई दह्रो बनाउंन नेपालमा रहेका सांगीतिक समूहहरूको हात छ भन्दा फरक नपर्ला । आजको अबस्थामा के देश के परदेश ? सबैतिर आफ्नो प्रस्तुतिका कारण लगभग तिन पुस्तासम्म राज गरेको सांगितीक समूह हो १९७४ एडी ।

    पछिल्लो समय त प्रबासमा रहनु हुने यूबा पुस्तामांझ यो समूहको क्रेज र चर्चा जबरदस्त नै छ । यो मन त मेरो नेपाली हो…॥ प्रबासमा रहनु हुने प्रबासी नेपालीहरूलाई एउटै आबाजमा जोड्न सक्ने क्षमताको यो गीत गाउंन नजान्ने र नसुन्ने कमै होलान । नेपाली संगीतको स मात्र बुझेका र जानेकाहरुको मन र दिमागमा पनि राज गर्न सफल सांगितीक समूह १९७४ एडी अब सिड्नीमा गुन्जने भएको छ । समूहमा आबद्ध ६ जना संगीतका सर्जकहरूले सेप्टेम्बर ७ तारेखका दिन सिड्नीको राउण्ड हाउस हल गुन्जायमान बनाउंने भएका छन -‘ हामीले लगभग सबै तयारी पुरा गरेका छौ । कोरोनाका कारण यति बृहत कार्यक्रम हुन सकिरहेको थिएन । सिड्नीमा रहनु हुने नेपालीहरूको चाह र मागलाई ध्यानमा राखेर यो सांगितिक समूहलाई सिड्नीमा उतार्न खोजेका हौं -‘ आयोजक मध्येका एक हो र होइन होलाका रोशन भट्टराईले जानकारी दिए ।

    राष्ट्रीय भाबनाले ओतप्रोत सांगितिक प्रस्तुत होस कि माया र प्रेमले भरिपूर्ण गीत संगीत नै किन नहोस , १९७४ समूह हरेक बिधामा निपुण सांगितिक समूह हो । बिचमा यो समूहमा केही उतार चढाब नआएको होइन । तर फुटेर भन्दा जुटेर नै अगाडि बढ्न सकिने कुरा मनन भएपछी आफ्ना प्रशंसकहरूको चाह बमोजिम नै यो समूह नयां जोश , जांगर र उमंगका साथ सांगितिक मैदानमा उत्रिएको छ -‘ बिगतमा भन्दा हामी हाम्रा प्रशंसकहरूलाई झनै बढी मनोरन्जन र सांगितीक स्वाद चखाउंने छौ । यो हाम्रो प्रतिबद्धता हो -‘१९७४ एडीका सदस्यहरूले भनेका छ । उनिहरूले सिड्नीमा रहनु हुने आफ्ना प्रशंसकहरू समक्ष आग्रह गर्दै भनेका छन -‘ यस पटक हामी अष्ट्रेलियाका बिभिन्न शहरहरू हुंदै सेप्टेमबर ९ मा सिड्नी आउंने छौ । तपाईहरू पनि आउंनु होला । त्यही भेटौ , गीत संगीतमा रमाऔं र झुमौं -‘ ।   राजन घिमिरे, सिड्नी ।

    प्रतिक्रिया
    थप समाचार