Online Nepal आइतबार, बैशाख ३० २०८१

कर्णालीको कथा ‘प्रकाश’ आजदेखि देशभरको प्रदशन

कर्णालीको कथा ‘प्रकाश’ आजदेखि देशभरको प्रदशन


मध्यान्तर
  • शुक्रबार, भाद्र १० २०७९

  • काठमाडौं । नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो ।

    दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा अधारित छ । चलचित्रको सम्पूर्ण छायाङ्कन जुम्लामा नै गरिएको छ ।

    चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका छन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रको कथावस्तुलाई निकै मन पराएकी छन् । उन चलचित्र उत्कृष्ट बनेकाले दर्शकसँगै नेताले पनि यस चलचित्र नछुटाउन आग्रह गरिन् ।

    त्यस्तै निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रमा नायक खड्काको अभिनय हेर्दा आनन्द महसुस भएको चर्चा गरे । उनले चलचित्र हेर्दा कर्णालीभन्दा टाढा भए तापनि त्यहाँको जीवनमा आधारित भएकाले चलचित्र निकै नै राम्रो रहेको प्रशंसा गरे । विनिश इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेखेका हुन्।

    प्रतिक्रिया
    थप समाचार