Online Nepal शुक्रबार, बैशाख १४ २०८१

पण्डित दिनबन्धु पोखरेल अब एपि आइ सी कलेजको ब्राण्ड ऐम्बेष्टर

पण्डित दिनबन्धु पोखरेल अब एपि आइ सी कलेजको ब्राण्ड ऐम्बेष्टर


मध्यान्तर
  • बिहिबार, भाद्र १६ २०७९

  • पण्डित दिनबन्धु पोखरेलको अनुभबमा शिक्षा नै सम्पत्ति हो । शिक्षा यस्तो माध्यम हो कि जसले बिश्वलाई जोड्छ र फरक – फरक देशका नागरिकलाई एक बनाउंछ । यस्तो प्रेरणादायी भनाई र बिचार राख्दै यतिबेला अष्ट्रेलियाको भ्रमणमा रहनु भएको उहांले बुधबार सिड्नीमा रहेको अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले सुम्पिएको ब्राण्ड ऐम्बेष्डरको जिम्मेवारी स्विर्कानु भएको छ ।

    यो कलेज गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका पूर्ब अध्यक्ष एबं सामाजिक अभियन्ता गणेश केसीले सन्चालन गरेका हुन । कार्यक्रममा पण्डित पोखरेलले कलेजमा अध्यनरत बिध्यार्थीहरूले शिक्षा मार्फत कलेजको शान र मान बढाउंन सकुन भन्ने शुभकामना पनि दिनु भएको थियो । उहांले अगाडि भन्नु भयो -‘ दश बर्ष अगाडि मलाई पहिलोपटक अष्ट्रेलियामा पाइला टेकाउनु हुने गणेश केसीको कलेजसंग जोडिन पाउंदा आज निकै गौरब लागेको छ -‘ ।

    पण्डित पोखरेलले केसीले आफू गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष हुंदा त्यति बेला बिध्यार्थीहरूको हितका लागि शुरू गरेको वेलफेएर फ़ण्टले आज बिस्तारित रूप पाएको सुन्दा मन नै आनन्दित भएको कुरा बताउंनु भयो -‘ प्रबासमा रहेर पनि नेपाली समाज र बिध्यार्थीहरूका निमित्त लागि पर्ने केसीको सोच र ब्यबहारलाई सादुबाद छ -‘ उहांको भनाई थियो। पोखरेलले आफू बिश्वको जुनसुकै देशमा गएता पनि अष्ट्रेलियन प्यासीफिक इन्टरनेशनल कलेजको बारेमा सन्देश प्रबाह गर्ने प्रतिबद्धता जनाउंनु भयो ।

    कार्यक्रममा कलेजका सन्चालन गणेश केसीले मन, सोच र बिचारका धनी दिनबन्धु पोखरेल जस्ता ब्यक्तित्वलाई आफ्ना कलेजसंग जोड्न पाएकोमा गौरब लागेको कुरा बताउंनु भयो । केसीले पण्डित पोखरेललाई कलेजको निरिक्षण गराउंदै नेपालमा मात्र नभएर नेपाल बाहिर रहनु हुने प्रबासी नेपालीहरू माँझ पनि बिशिष्ट पहिचान बनाउंनु भएका पण्डित पोखरेलको उपस्थिति र सहभागिताले उर्जा थपिएको बताउंदै उहांको साथ र सदभाब कलेजले सधै पाउंने तर्फ बिश्वास ब्यक्त गर्नु भयो ।

    प्रतिक्रिया
    थप समाचार