Online Nepal शुक्रबार, बैशाख १४ २०८१

तपाई पनि जोडिने हो त ८८४८ ममसंग

तपाई पनि जोडिने हो त ८८४८ ममसंग


मध्यान्तर
  • सोमबार, भाद्र २० २०७९

  • लामो समयदेखी प्रबासमा मम मार्फत नेपाली स्वाद पस्किरेका प्रबासी नेपाली हुन होम प्यासी ।अष्ट्रेलियाको ब्रिसबेनमा उनले सन २०१८ बाट सन्चालनमा ल्याएको ८८४८ मम हाउंस यतिबेला बिस्तार भएर ७ वटा स्थानमा पुगिसकेको छ । के नेपाली के बिदेशी ? ८८४८ मम हाउसले तयार पारेको ममको स्वादका पारखीहरू बढ्ने क्रम रोकिएको छैन ।   

    यसैबीच होम प्यासीले ८८४८ ममलाई अब सिडनी लगाएत बिभिन्न शहर र स्थानहरूमा पुर्याउंनका लागि हातेमालो गर्न आह्वान गरेका छन । उनले ८८४८ ममको फ्रेन्चआइज लिन इच्छुकहरूका लागि आफूले आह्रवान गरेको जानकारी दिएका छन -‘ यतिबेला बिश्वमा चर्चा र स्वादका ख्याति कमाईरहेको ममलाई हामी प्रबासी नेपालीहरू मिलेर नै बिस्तार गर्ने हो । त्यस कारण म अष्ट्रेलियामा रहनु हुने कोही नेपालीहरू ८८४८ ममसंग जोडिएर ब्यापार , ब्याबसाय गर्न चाहनु हुन्छ भने यसको फ्रेन्च आइज खोलिएको जानकारी गराउंन चाहन्छु -‘ उनले भनेका छन ।
    – राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार