Online Nepal आइतबार, बैशाख १६ २०८१

डिशहोमले बाँड्यो आफ्ना बिजेता ग्राहकलाई एकलाख

डिशहोमले बाँड्यो आफ्ना बिजेता ग्राहकलाई एकलाख


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख जितेका छन्
    बिहीबार एक कार्यक्रममा वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलर दाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ,डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थीतिमा,क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

    १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनै पनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।
    विजेता अधिकारीलाई हार्दिक वधाई दिँदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागीजनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
    लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच.डी, सरोकार टि.भी., नेपाःच्यानल र डिशहोम सोकेसमा हेर्न सकिनेछ  ।

    प्रतिक्रिया
    थप समाचार