Online Nepal आइतबार, बैशाख १६ २०८१

सीपीएल छोडेर नेपाल फर्किंदै सन्दीप

सीपीएल छोडेर नेपाल फर्किंदै सन्दीप


मध्यान्तर
  • शुक्रबार, भाद्र २४ २०७९

  • काठमाडौं । निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किने भएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताए ।

    शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताए ।

    बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

    बिहीबार काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार