Online Nepal शुक्रबार, बैशाख २१ २०८१

सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पतालबीच सम्झौता


मध्यान्तर
  • बुधबार, भाद्र २९ २०७९

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा,लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीचबैंकको ग्राहकलाई विशेष छुट प्रदानगर्ने समझदारी भएको छ ।

    बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड वाहकहरु, मोबाईल बैंकिङ्गप्रयोग कर्ताहरु, सम्पूर्ण ग्राहकहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदानगर्ने गरी सम्झौता भएको छ ।

    एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसि, सि.टी. स्क्यान बाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाटअस्पतालका संचालक बिष्णु कुँवरले हस्ताक्षर गरे ।

    साथै भरतपुर–१०, स्थित सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरे ।

    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार