Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नबिल बैंकको भिसा डाइरेक्ट सेवा सुरु

नबिल बैंकको भिसा डाइरेक्ट सेवा सुरु


मध्यान्तर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवा सुरु भएसँगै विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।

    यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने बैंकले जनाएको छ ।

    नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    अब, नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड÷खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार