Online Nepal आइतबार, बैशाख १६ २०८१

निश्चित ठाउँ र समय तोकेर फुटपाथको व्यवस्थापन गर्नैपर्छ : बाबुराम भट्टराई

निश्चित ठाउँ र समय तोकेर फुटपाथको व्यवस्थापन गर्नैपर्छ : बाबुराम भट्टराई


मध्यान्तर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।

    पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा। भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् ।
    ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले आज बिहान एक ट्वीट सन्देशमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ।’

    मेयर बालेनसँग बाबुरामको माग छ, ‘अतः निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’

     

    प्रतिक्रिया
    थप समाचार