Online Nepal शनिबार, बैशाख १५ २०८१

रुकुम पूर्वमा बस दुर्घटना, तीन जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना, तीन जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौं । रुकुम पूर्वमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

    बिहीबार दिउँसो  भएको दुर्घटनामा परि तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ । प्रहरीका अनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो।

    घाइतेलाई उद्धार गरि स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको हो । बस एक सय मिटर तल खसेको थियोे

    प्रतिक्रिया
    थप समाचार