Online Nepal शुक्रबार, बैशाख १४ २०८१

अमेरिकामा ‘अन्धाधुन्ध गोली प्रहार’ को घटना बढेसँगै विद्यालयमा प्रहरी तैनाथ

अमेरिकामा ‘अन्धाधुन्ध गोली प्रहार’ को घटना बढेसँगै विद्यालयमा प्रहरी तैनाथ


मध्यान्तर
  • शनिबार, असोज ८ २०७९

  • काठमाडौं । संयुक्त राज्य अमेरिका कतिपय विद्यालयहरुमा प्रहरी तैनाथ गर्न थालिएको छ । पछिल्लो समय अमेरिकाका विद्यालयहरुमा अन्धाधुन्ध गोली प्रहार (मास शुटिङ) का घटना बढ्न थाले पछि विद्यालयहरुमा प्रहरी तैनाथ गर्न थालिएको हो ।

    यसले गर्दा विद्यार्थीको मनोविज्ञानमा नकरात्मक असर पर्न थालेको समेत बताइएको छ । जोन हपकिन्स विश्वविद्यालयले गरेको एक सोधका अनुसार विद्यालय परिसरमा अत्याधिक सुरक्षा व्यवस्था लागु गरिएपछि विद्यार्थीलेहरुले विद्यालयलाई जेलको रुपमा चित्रण गर्ने, परिक्षामा राम्रो प्रस्तुति दिन नसक्ने तथा विद्यालयनै आउन कम गर्ने जस्ता परिस्थिती सिर्जना भएको छ ।

    यस किसिमको परिस्थितिबाट गुज्रिएका विद्यार्थीले आफ्नो उच्च हासिल नगर्ने सम्भावना समेत बढ्ने सोधमा जनाइएको छ । सोधमा प्रहरीले अन्य विद्यार्थी भन्दा अश्वेत बच्चामा चार गुणा बढी निगरानी राख्ने गरेको पनि दाबी गरिएको छ ।
    पछिल्लो प्राप्त तथ्यांक अनुसार यो वर्ष मात्र अमेरिकाका २७ वटा विद्यालयमा ‘मास शुटिङ’का घटना घटेका छन् । ‘एडुकेशन विक’को एक रिपोर्टका अनुसार सन् २०१८ यता अमेरिकामा १ सय १९ वटा यस किसिमका घटना घटेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार