Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बंगलादेशमा डुंगा डुब्दा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा डुब्दा ४३ जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, असोज ११ २०७९

  • काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको  छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए ।

    केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

    पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।

    प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार