Online Nepal शुक्रबार, बैशाख १४ २०८१

पुष्प र साम्राज्ञी अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को रिलिज डेट सार्वजनिक

पुष्प र साम्राज्ञी अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को रिलिज डेट सार्वजनिक


मध्यान्तर
  • मंगलबार, असोज ११ २०७९

  • काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को रिलिज डेट सार्वजनिक गरिएको छ ।

    चलचित्रको छायांकन पहिले नै सकिए पनि रिलिज डेट फाइनल हुन भने बाकीँ थियो।

    चलचित्रका निर्माता तथा निर्देशक रमेश एम। के पौडेलको जन्मदिनको अवसर पारेर ‘तिम्रो मेरो साथ’ को रिलिज डेट पौष २९ मा तोकिएको हो।

    आर्यन फिल्मस् प्रा।लि र बोधी एच।डी ब्यानरमा निर्मित चलचित्रलाई निर्देशक रमेश एम।के।पौडेलले निर्देशन गरेका हुन।

    पासाङ लामाले निर्माण गरेको चलचित्रमा सबिर श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् भने निरू भण्डारी, अशोक पोख्रेल, सुमन पौडेल, सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन्।

    भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ मा मुख्य भूमिकामा रहेका साम्रागी र पुष्पबाहेक सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, आदि लगायतका कलाकारहरूको अभिनय रहेको छ। संगीतको पक्ष भने सुवास भुसाल र योगेश काजीले सम्हालेका छन् । चलचित्रको कथा भने सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेका हुन।

    प्रतिक्रिया
    थप समाचार