Online Nepal शुक्रबार, बैशाख १४ २०८१

एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने

एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा डेबिट -क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर गरेर भुक्तानी गर्दा भारी छुट पाउने भएका छन् ।
    स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यो  अफर असोज १ गते देखि कार्तिक १५ सम्म लागु हुनेछ ।

    बैंकले यसअघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाटभटेनी सुपरमार्केटलगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट ९५ वटा शाखामा मात्र० लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार